MENU

तपाईंले बोल्नुभयो भने मात्र तपाइको भविष्य परिवर्तन हुन सक्छ ।

目次

तपाईंले बोल्नुभयो भने मात्र तपाइको भविष्य परिवर्तन हुन सक्छ ।

नमस्ते, म जापानबाट कुमागाई हुँ  । मेरो उपनाम कुमा-सान हो र मेरो कथा निम्नानुसार छ;

मलाई बहिरा भनेर विश्वविद्यालयमा भर्ना भएपछि मात्र चिनाउन थालिएको थियो । त्योभन्दा पहिले, मसँग स्पष्ट पहिचान थिएन र त्यसैले म आफै सुन्न नसक्ने भएपनि अरु बहिरा मानिसहरूलाई बेवास्ता गर्थें ।

जब म व्यावसायिक विद्यालयमा विद्यार्थी भएँ, तब म पहिलो पटक साङ्केतिक भाषासित परिचित भएँ । तर म सँधै सुन्ने मानिसहरूले घेरिएको हुने हुनाले, मैले सांकेतिक भाषा प्रयोग गर्ने मौका पाइनँ, त्यसैले मलाई यसमा कम चासो भयो । मैले सामाजिक कार्यकर्ताको रूपमा योग्य हुनका लागि मात्र यो सिकेको थिएँ र विश्वविद्यालयमा भर्ना भएपछिम फेरि सांकेतिक भाषा सित नजिकिन पुगें । त्यसपछि मैले बुझें कि यो बहिरा मानिसहरूले प्रयोग गर्ने जीवन्त भाषा हो । यसको साथै, बहिराहरूले र सुस्त-श्रवण भएका व्यक्तिहरूले प्रयोग गर्ने सांकेतिक भाषाको भिन्नता पनि मैले पछि बुझें । विभिन्न व्यक्तिहरूसँग सांकेतिक भाषामा कुराकानी गर्ने बानी पर्दै जाँदा मैले यो भाषामा आफ्ना विचार, अनुभव र भावनाहरू व्यक्त गर्न सजिलो रहेको भन्ने कुरा बुझें । त्यहीबेला नै म आफू सांकेतिक भाषा प्रयोग गर्ने एउटा बहिरा व्यक्तिको रूपमा चिनिन चाहन्छु भन्ने महसुस गरें ।

विश्वविद्यालयबाट स्नातक गरेदेखि मैले विभिन्न काम गरें र हाल, म MSW (मेडिकल सोशल वर्कर) बन्नको लागि काम गरिरहेको छु । जापानमा धेरै बहिरा MSW हरूछैनन्, त्यसैले म तिनीहरूमध्ये एक हुन चाहन्छु । हाल म गृह स्वास्थ्य सेवा कार्यालयमा काम र अध्ययन दुवै सँगसँगै गर्दैछु र कार्यालयमा मेरा सबै सहकर्मीहरू मसँग मिलनसार छन् । म मुख्यतया जनसम्पर्कमा संलग्न छु तर प्रशासनिक काम पनि धेरै गर्छु । हाम्रो जनसम्पर्क गतिविधिहरूमा, हामी JSL अनुवादकको रूपमा सांकेतिक भाषामा सन्देशहरू पठाउँछौं जसले बहिराहरूलाई गृह स्वास्थ्य सेवाको बारेमा चेतनशिल बनाउन मद्दत गर्छ भन्ने आशा गर्छौं ।

 यद्द्यपि गृह स्वास्थ्य सेवा अझै कलिलै छ, त्यसैले डाक्टरहरू यसबारे केही अनभिज्ञ छन् तर यो वास्तवमा यस्तो सेवा हो जहाँ डाक्टर र नर्सहरू सिधै ती बिरामीहरूको घरमा पुग्छन् जो सिधै अस्पताल जान सक्दैनन् । यहाँ त्यस्ता धेरै बिरामीहरू छन् जसले आफ्नो शरीरलाई स्वतन्त्र रूपमा चलाउन सक्दैनन् र कोही मर्ने अवस्थामा पनि छन् । तसर्थ, ती व्यक्तिहरूको भावनालाई उनीहरूको परिवारसँगै सम्मान गर्न आवश्यक छ र उनीहरू कसरी अस्पताल वा घरमा आफ्नो ‘अन्तिम दिनहरू’ बिताउन चाहन्छन् भनेर छलफल गर्नुपर्छ । गृह स्वास्थ्य सेवा मानिसहरूलाई बूढो भएपछि आफ्नो बाँकी जीवन कसरी बिताउन चाहन्छन् भन्ने बारे थप विकल्पहरू दिने कुरामा केन्द्रित छ । म आफैं बहिरा व्यक्ति भएकोले बहिरा मानिसहरूले पनि आफ्नो “अन्तिम दिनहरू” शान्तिसाथ आनन्दले बिताइरहेको देख्न चाहन्छु ।

मलाई मेरो कार्यस्थलमा संवाद र आपसी समझदारी विकास गर्न एकदम खुशी लाग्छ । उदाहरणका लागि, यदि तपाईंले १० जना व्यक्तिहरूलाई भेट्नुभयो भने तपाईं सबै १०जनासँग मित्र बन्न सक्नुहुन्न । यसमा निश्चित प्रक्रियाहरु छन् जसको आफ्नै मूल्य-मान्यताहरू छन् । यस प्रक्रियामा, हामीले एकअर्कालाई कसरी चिन्ने, कसरी अर्को व्यक्तिको सोचाइलाई थाहा पाउने, हाम्रो भावनालाई उनीहरूसँग कसरी समायोजन गर्ने, कसरी सिकाउने र कसरी सञ्चार गर्ने भन्ने कुरा पत्ता लगाउँछौं, त्यसैले म यो सहयोगी प्रक्रियाप्रति आनन्दित छु । जब अर्को व्यक्तिको प्रतिक्रिया तपाईको आफ्नै प्रतिक्रियाले गुणा हुन्छ, तब त्यसबेला एउटा विशेष प्रतिक्रिया प्राप्त हुन्छ । मलाई लाग्छ मान्छेलाई चिन्नु भनेको यही हो ।

मेरो अनुभव मार्फत, म संसारभरका सामान्य मानिसहरूलाई सन्देश दिन चाहन्छु कि तपाईहरू बहिरा र सुस्त-श्रवण मानिसहरूको सम्पर्कमा आउन नहिचकिचाउनुहोस् । म तपाईहरूलाई सकारात्मक शब्दमा चुनौती दिन चाहन्छु । यहाँ धेरै चीजहरू छन् जसबारे जबसम्म तपाइँ तिनीहरूसँग नजिकिनुहुन्न, तबसम्म थाहा पाउनुहुनेछैन । अझ स्पष्ट रूपमा भन्दा, यो तब मात्र हुन्छ जब तपाइँ सम्पर्क गर्न इच्छुक हुनुहुन्छ अनि तपाइँको ज्ञानको संसार विस्तार हुनेछ ।

अर्कोतर्फ, म बहिरा मानिसहरूलाई के भन्न चाहन्छु भने हामीहरुले आफ्नो अधिकारका लागि सचेत भएर आवाज उठाउनुपर्छ । हामीले हाम्रै पक्षमा बोले मात्र हाम्रो भविष्य परिवर्तन हुन सक्छ । त्यसैले यही भविष्यको प्रतीक्षा गर्दै म आज साङ्केतिक भाषाको साथ मेरो जीवन खुसीसाथ बाँचिरहेको छु । बिदाका दिनहरूमा, म किताबहरू पढेर, साथीहरूसँग गम्भीर वा हल्का-फुल्का कुराकानी गरेर वा नुन-पानीले नुहाएर आरामसाथ आफूलाई ताजा पार्छु । सबै भन्दा बढि, म मेरो काम र मेरो जीवनको आनन्द लिन्छु,धन्यवाद |

この記事が気に入ったら
フォローしてね!

皆さんの友達にも届きますように。Please Share!!
  • URLをコピーしました!

Comment

コメントする

目次