MENU

मेरालागि श्रवण-यन्त्र गहनाजस्तै

目次

मेरालागि श्रवण-यन्त्र गहनाजस्तै

नमस्ते, म साकुरा, जापानबाट | अहिले म विश्वविद्द्यालय तहमा अध्ययनरत छु | मलाई किताब पढ्नमा, क्याफेमा जान, हस्तकला र कम्प्युटर खेलहरु मनपर्छ | म सबै काम राम्ररी गर्छु अनि आफूले चाहेको काम गर्दा खुशी हुन्छु, साथै समाजलाई आवश्यक पर्ने काम गर्दा पनि खुशी लाग्छ |

म एक बहिरा परिवारमा सामान्य बच्चाजस्तै जन्मिएकी थिएँ | त्यसैले मेरो नसुन्ने समस्या वंशानुगत हो भने हुन्छ | जब म जन्मिएँ, डाक्टरले मेरा अभिभावकलाई भविष्यमा कुनै दिन मैले पनि आफ्नो सुन्ने क्षमता गुमाउन सक्छु होला भनेका रहेछन् I नभन्दै, म डेढ वर्षकी हुँदादेखि नै मेरो सुन्ने क्षमतामा ह्रास आयो अनि बुझ्ने भएपछि म दुवै कानको समस्या ८७ डेसिबलसम्म भएकी एक सुस्त-श्रवण भएकी व्यक्तिको रुपमा चिनिन्छु | म आफ्नो परिवारसित सांकेतिक भाषामा कुरा गर्छु भने अरुसित म जापानीमा नै बोल्छु | यसको साथै, म अंग्रेजी पनि सिक्दै छु |

श्रवण-यन्त्र मेरो कानछेउमा सधैं हुन्छन् | ती लगाउन म कहिल्यै पनि हिच्किचाउन्न, न त अरुले देख्दा लजाउँछु | वास्तवमा श्रवण—यन्त्र थरिथरिका रंगमा पाइन्छन् र म तीमध्ये चल्तीको फेसनअनुसार र आफ्ना लुगाको रंगसित मिल्ने रंग छान्छु | एकदिन मेरो कुनै एउटा साथीले देखे र भने, “त्यो रंग राम्रो छ, तिमीलाई साह्रै सुहायो |” अनि मेरा शिक्षकले पनि एकपल्ट यसो भने, “श्रवण-यन्त्र कुनै लाज मान्नुपर्ने चिज होइन, यो विशेष तिम्रैलागि हो |“ उहाँले यसो भनेपछि मैले सोंचें, “पक्कै पनि श्रवण-यन्त्र कुनै यस्तो विशेष चिज हो जो मजस्तै विशेष व्यक्तिहरुले मात्र लगाउन सक्छःन् | यो त कुनै राजकुमारीले लगाउने मुकुटझैं हो |” म त धेरैभन्दा धेरैले मेरो मुकुट हेरुन् भन्ने चाहन्छु अनि म त्यतिखेर सकारात्मक सोंच्दै भन्दै हुनेछु, “आउनुस्, अझै हेर्नुस् | ई राम्ररी हेर्नुस् |”

अझै भन्नुपर्दा, म हाइ-स्कुलको तेस्रो वर्षमा हुँदा मेरा शिक्षकले यो पनि भन्नुभयो, “तिमी कान नसुन्ने भएको कारण यो हो कि तिमीले मात्र कुनै केही विशेष गर्न सक्छौ |” आहा ! म निकै प्रभावित भएँ र यसैले मलाई सुन्ने समस्याबारे जानकारी तथा जनचेतना फैल्याउने एउटा ब्लग सुरु गर्ने प्रेरणा मिल्यो |

मेरो रुचि हस्तकलामा पनि भएकोले म हातैले कानमा लगाउने मुन्द्री पनि बनाउँछु | एकदिन मैले सुन्ने समस्या भएकी एउटी केटीले आफ्नो श्रवण-यन्त्रलाई कपालले छोपेर लुकाएको देखें | मैले किन त्यसो गरेको भनिसोध्दा उनले भनिन्, “मलाई लाज लाग्छ किनकि यो गहनाजस्तो राम्रो देखिदैन |” अनि त्यतिखेरै मैले विदेशतिर श्रिंगारका पार्ट-पुर्जा पनि पाइने कुरा झल्याँस्स सम्झें | श्रिंगारका पार्ट-पुर्जा भन्नाले श्रवण-यन्त्रलाई सिँगार्ने स-साना गहना हुन् | त्यसपछि मैले आफ्नै हस्तकलाको खुबीलाई प्रयोग गर्दै आफैले त्यस्ता सामग्री बनाउने निर्णय लिएँ | म आफै नै श्रवण-यन्त्र प्रयोगकर्ता भएकोले लगाउन र फुकाल्न झन्झट नहुने अनि हेर्दा पनि सुन्दर देखिने त्यस्ता सामग्री बनाउने तरिका छिट्टै नै फुर्यो | अनि मैले आफैले बनाएको त्यस्तो सामग्रीलाई ट्वीटरमा राखें जसले धेरै नै सकारात्मक प्रतिक्रिया बटुल्यो | हाल म यस्तै श्रिंगार सामग्रीहरु बेच्ने काम गर्छु र यस काममा हाम्रो धारणा यस्तो छ- ‘श्रवण-यन्त्र लगाउन लजाउनुपर्दैन बरु आउनुस् तीद्वारा तपाईको जिन्दगी नै रंगाउनुस्!’ म यस्ता सामग्री पनि हुन्छन् भन्ने कुरा सबैले थाहा पाउन् भन्ने चाहन्छु र उनीहरुले यो पनि बुझुन् कि श्रवण-यन्त्र पनि सुन्दर हुन्छन् जो विशेष व्यक्तिहरुका निम्ति मुकुटझैं हो |

सुन्ने समस्या भएका व्यक्तिहरुलाई मेरो सन्देश: तपाई आफ्ना श्रवण-यन्त्र वा कक्लियर इम्प्लान्ट नलुकाउनुहोस् किनकि यी तपाईमा मात्र जडान हुने चिज हुन् | मेरो विचारमा ती देखाउँदा हामी आफैंलाई र अरुलाईसमेत राम्रो हुन्छ किनकि यसैले गर्दा नै अरुहरुले तपाइलाई बुझ्न सजिलो हुनेछ अनि तपाईले पनि आफ्नो कुरा राख्न र सहयोग माग्न सजिलो हुनेछ | बहिरा वा सुस्त-श्रवण भइयो भन्दैमा सबैकुरा निरर्थकझैं नठान्नुहोस् अथवा प्रयाससमेत नगर्दै हरेस नखानुहोस् | जीवनमा आइपर्ने चुनौतिको डटेर सामना गर्नुहोस् किनकि तपाई राम्ररी सुन्नेबाहेक सबैकुरा गर्न सक्नुहुन्छ | तथापि, यदि तपाई आफ्नो कुनै प्रयासमा असफल हुनुभए तापनि त्यो तपाइको जीवनलाई रंगाउने अविष्मरणीय अनुभव हो भन्ने मानिलिनुस् | धन्यवाद !

महत्वपूर्ण लिन्कहरु:
Twitter:Click
Instagram:Click
Online shop:Click

Nepali Sign Language

この記事が気に入ったら
フォローしてね!

皆さんの友達にも届きますように。Please Share!!
  • URLをコピーしました!

Comment

コメントする

目次