
चुनौतीहरूले मेरो जीवनलाई रोचक र अर्थपूर्ण बनाएका छन् ।
नमस्ते, म मियाजाकी, जापानबाट ताकानोरी होरिगुची हुँ । म एउटा कम्पनीमा बहिरा खेलाडी हुँ र बहिराहरुको प्रतिनिधित्व गर्दै ओलम्पिकमा भाग लिने लक्ष्य राखेकोछु । सुरुमा म आफ्नो जीवन-कथा सुनाउन अलि हिचकिचाउँथे तर यसपटक म आफ्नो कथा सबैलाई बाँड्न चाहन्छु । मेरा हजुरबा हजुरआमा सुन्न सक्नुहुन्छ तर मेराआमाबुबा चाहिं बहिरा हुनुहुन्छ । घरमा, मैले मुख्यतया बोल्ने भाषा नै बढी प्रयोग गर्थे किनकि मेरा आमाबाबु मैले यो सिकेको चाहन्थे ।
बाल्यकालदेखि नै म स्वाभाविक रूपमा सुन्ने व्यक्तिहरूसँग विशेषगरी भिडियो गेमहरू खेलेर घुलमिल हुन सक्षम भएँ, यद्यपि कहिलेकाहीँ “कान नभएको मान्छे” पनिभनियो । । कहिलेकाहीँ, मलाई यसरी आलोचना पनि गरियो, “तिमी बोल्न सक्छौ, यसको मतलब तिमी सुन्न पनि सक्छौ, हैन ? तर सुन्न नसक्नेजस्तो नगर ।” मकक्षा-६ मा पढ्दा मेरा आमाबुबाले मलाई चिबा प्रान्तको बहिराहरूको लागि विशेष शिक्षा विद्यालय (सुकुबा स्कूल)मा लैजानुभयो । मेरा आमाबाबुले मलाई केहीगेमहरु इनामस्वरूप दिएर त्यहाँको परीक्षा पास गर्न भन्नुभयो र मैले पास गरेँ, स्कूलमा भर्ना भएँ अनि त्यसपछि मलाई छात्रावास पठाइयो । त्यहाँ, म सबैसँग राम्रोसँगअन्तरक्रिया गर्न सक्षम भएँ र त्यहाँ मेरो अनुभव मेरोलागि “भिडियो गेमर” बाट “असली खेलाडी” बन्नको लागि ठूलो कदम भयो ।
एकपटक, छात्रावासमा मेट्रनले मलाई पढ्नको लागि एउटा पुरानो अखबारको टुक्रा दिए। यसले १०० र २०० मिटरमा चिबा प्रान्तीय ट्र्याक एण्ड फिल्ड प्रतियोगितामाकहिल्यै नहारेका एकजना बहिरा विद्यार्थीलाई चित्रण गरेको थियो । तर उनी बहिरा भएकाले कान्डो र अन्तर-हाइस्कूल प्रतियोगिताहरूमा भाग लिन पाएनन् । त्योपढेर मलाई छक्क लाग्यो र बहिराहरुले जित्ने क्षमता भएपनि अर्को प्रतियोगितामा भाग लिन नपाउनु अव्यावहारिक हो भन्ने निष्कर्ष निकालें । त्यसपछि बहिरो हुनु पनिठीकै हो भनेर सोच्न थाले र त्यसबेलादेखि मैले झन्झटबाट भाग्ने कोसिस गर्न छोडें । मैले दौडमा धेरै समय बिताएँ र छिटै ट्र्याक एण्ड फिल्डमा सिपालु बनें ।

हाईस्कूलपछि, म जागिरको लागि तालिम लिने सोचमा थिएँ तर मेरो शिक्षकले मलाई ट्र्याक एण्ड फिल्ड तथा खेलकुद अध्ययन गर्न विश्वविद्यालयमा भर्ना हुनसल्लाह दिए । पछि म आफ्नै विद्यालयमा शिक्षण अभ्यासमा गएँ । त्यहाँ खेलकुदमार्फत विद्यार्थीहरूको व्यक्तिगत प्रगति देखेर म धेरै खुसी भएँ । स्नातकपछि, मैलेबहिरा बच्चाहरूको छात्रावासमा छ वर्ष काम गरें । मलाई आशा छ कि मैले दिलोज्यानले खटेर केटाकेटीहरूको लागि उत्तम के हो भनेर पत्ता लगाउन संघर्ष गरेकोदिनहरू उनीहरूका लागि अमूल्य सम्झना हुनेछन् ।
एकपटक मैले मेरो विद्यार्थीको टिप्पणी सुनेपछि मैले मेरो मन बदलें । म बच्चाहरूलाई ट्र्याक एण्ड फिल्ड सिकाउँदै थिएँ र तालिमको आनन्द लिइरहेको थिएँ ।अचानक, मेरो एक विद्यार्थीले मलाई भन्यो, “यदि तपाईलाई ट्र्याक एण्ड फिल्ड धेरै मनपर्छ भने तपाई यहाँ किन अड्किएर रहनुभएको ?” अनि मैले फेरि आफ्नो ’boutमागम्भीरतापूर्वक सोच्न थालें ।
आठ वर्षको अन्तरालपछि मैले आफैलाई सोधें, “के म साँच्चै यो फेरि गर्न सक्छु ?” र राती कामको साथसाथै दौडको पनि अभ्यास गर्न थालें । त्यही समयमा, मएनएचके टिभीमा प्रसारित ‘ग्रेट ट्राभर्स’ भन्ने कार्यक्रमद्वारा उत्साहित भएँ । यो योकी तनाकाको जापानका १०० सबैभन्दा प्रसिद्ध हिमालहरूको सफल आरोहणको’boutमा थियो । म अरूको चुनौतीबाट उत्प्रेरित हुने व्यक्ति हुँ । त्यसपछि मैले मेरो संकल्प पर्याप्त छ कि छैन भनी हेर्न साइकल यात्राको लागि आफैलाई चुनौती दिनेनिर्णय गरें । जापानको ट्र्याक एण्ड फिल्ड रंगशालावरिपरि यात्रा गर्ने विचार गरें ।


मेरो पहिलो प्रयास २०१८को गर्मीमा थियो । त्यो यात्राको क्रममा, मलाई एउटा कारले ठक्कर दियो । मलाई हेलिकप्टरबाट अस्पताल लगियो र सघन उपचार कक्षमाभर्ना गरियो । छ महिना पुनस्र्थापनापछि पनि मेरो साइक्लिङप्रतिको लगाव घटेको थिएन, मैले भनेँ, “पुनर्स्थापना सकियो, म तयार छु, अब फेरि एथलेटिक्समा फर्कनचाहन्छु ।”
एक वर्षपछि, लेस्टर इलेक्ट्रोनिक्स कम्पनीसँग सम्झौता गर्न पाउँदा मलाई खुशी लाग्यो जसको साथले नै म आधिकारिक रूपमा खेलाडी भएँ । बहिरा ओलम्पिकमाभाग लिने मेरो लक्ष्य प्राप्त गर्नको लागि, म ग्यास्ट्रिक, टाउको दुखाइ र वाकवाकीबाट पीडित भएपनि हरेक दिन कडा प्रशिक्षण गरिरहेको छु ।
अन्तमा, सुन्न सक्ने, सुस्त-श्रवन भएका र बहिरालगायत सबै पाठकहरूलाई म के भन्न चाहन्छु भने, हामी सबैले कुनै न कुनै रूपमा अव्यावहारिकता महसुस गर्छौं, तरमलाई लाग्छ कि यसबाट बच्ने उत्तम औषधि भनेको आफ्नै तरिकाले आफैलाई चुनौती दिनु हो । धन्यवाद !

Comment