
नेपाल भ्रमण वर्ष २०२३ (यात्रा- संस्मरण)

शनिवार बिहान, ३१ डिसेम्बर, २०२२। नारिता विमानस्थलको टर्मिनल २ को तेस्रो तल्लामा हाम्रो भेट भयो ।
शुहे: “अन्तमा, माकोसँग मेरो पहिलो भेट हुँदै छ! म मेरो क्यामेरामा खिंच्दै छु ।“
यो वास्तवमा पहिलो पटक हाम्रो वास्तविक भेट थियो| त्यसअघिसम्म, हामी हाम्रो संगठनका परियोजनाहरू जस्तै चित्र-पुस्तक उत्पादन परियोजना रसाङ्केतिक भाषा क्लबहरूको लागि धेरै पटक कुरा गरेका थियौं तर यो सबै अनलाइनबाट थियो। अन्ततः हाम्रो भेट भयो तर भेटमा ‘तपाईलाई भेट्दाखुशी लाग्यो’ भन्ने औपचारिकता थिएन किनभने हामी एक-अर्कालाई डेढ वर्षदेखि चिनेका थियौं। मैले उहाँको अनलाइन व्यक्तित्व र वास्तविकव्यक्तित्वमा कुनै अन्तर देखिनँ।
भ्रमणको निम्ति कोरोना खोपको प्रमाण अनिवार्य थियो। पीसीआर परीक्षणको नतिजा नआएमा अहिलेसम्म कम्तीमा ३ वटा खोप लगाएको प्रमाणअनिवार्य छ। त्यसपछि सबै निरीक्षण पूरा गरेर गेटतर्फ जाँदै गर्दा एउटी एसियाली महिलाले शुहेलाई भनिन्, “मलाई सहयोग गर्नुहोस्!”
मलाई लाग्यो उहाँको असल व्यक्तित्व उहाँको आभामा स्पष्ट भएकोले उहाँसँग कुरा गर्न त्यस अपरिचितलाई पनि सजिलो भयो 👀।
” भन्नुस् के गरूँ?” उहाँले सोध्नुभयो । मलाई लाग्छ जब उहाँले कसैलाई खाँचोमा देख्नुहुन्छ, उहाँले उनीहरूलाई त्यसै छोड्न सक्नुहुन्न।
प्लीज! मलाई त्यहाँको ड्युटी-फ्री स्टोरबाट बोतल किनिदिनुस्। यहाँ एकजनाले एउटा मात्र बोतल लान पाउने अनुमति छ, त्यसैले कृपया मेरोलागिदुइटा बोतल किन्न जानुहोस्! 🥺 ” ती महिलाले भनिन्।
“… हँ? बोतल?” उहाँले पनि ती महिलाको आग्रह झट्ट बुझ्न सक्नुभएन। त्यतिकैमा, हामी दुवैलाई अचानक ५०० अमेरिकी डलर दिइयो, जम्मा १०००डलर! त्यो धेरै पैसा 😲 थियो ।
एयरपोर्टमा 👛 पहिलो पटक किनमेल गर्दाको मेरो अनुभव;
“हिबिकी!”, मैले यस ब्रान्डको रक्सीको बारेमा पहिले कहिल्यै सुनेको थिइनँ। त्यसपछि मैले यसलाई इन्टरनेटमा हेरें र यसको मूल्य $ ७००- $ १००० 👀 फेला पर्यो। र एयरपोर्टको ड्युटी-फ्री स्टोरमा, यो केवल $ ५०० मा बिक्रीमा थियो। कुनै आश्चर्य छैन, मूल्य महसुस गर्नेहरू सकेसम्म धेरै बोतल ल्याउन चाहन्थे। हामी दिएको १००० अमेरिकी डलर लिएर भाग्न पनि सक्थ्यौं तर पूर्णतया अपरिचित भएर पनि ती महिलाले हामीमाथि कसरी भरोसा गर्न सकिन्? मलाई लाग्छ जापानीहरुमाथि ☺ मानिसहरुको धेरै विश्वास छ ।
किनमेलपछि, हामी गेटमा गयौं, र अन्तमा, हामी जान तयार भयौं! 🛩.


जब हामी आफ्नो सिटमा बस्यौं, त्यहाँबाट एउटा स्पष्ट विदेशी गन्ध निस्कियो। कोरोना विपत्तिपछि म विदेश गएको थिइनँ, त्यसैले मैले यस्तो गन्धनसुँघेको लामो समय भइसकेको थियो । यस पटकको इन-फ्लाइट भोजन साँच्चै भन्दा परिमाणमा अलि थोरै थियो तर हामी दुवै जना भोकाएका हुनालेहामीले धेरै छिटो त्यो भोजनको आनन्द लियौं। 😋🍴

काठमाडौंको उडान सिधा उडान थियो, त्यसैले हामी ८ घण्टापछि काठमाडौं आइपुग्यौं। (२१:०० जापान समय, १८:४५ स्थानीय समय)

“ओहो, म उत्साहित हुँदै छु!”
सबभन्दा पहिले, हामीले प्रवेश प्रक्रियाको लागि एयरपोर्टमा भिसा पायौं। यो प्रणाली प्रयोग गर्न लगभग १० मिनेट लाग्यो! यसलाई पूरा गरेपछि, हामीले एयरपोर्टमा सिम कार्ड स्टोर भेट्टायौं अनि त्यहाँ हामीले एक-एकवटा सिम कार्ड किन्यौं! स्टोरभित्र पसेको १० मिनेटभित्रै हामीले इन्टरनेट ✌चलाउन सक्यौं । म विदेश जाँदा पकेट वाइफाइ भाडामा लिन्थें, तर अहिले म सिम कार्ड किन्न सिफारिस गर्छु 📱 ।
विमानस्थलबाट बाहिर निस्कँदै गर्दा हामीले रिजर्भ गरेको होटलका कर्मचारी स्वागत बोर्ड लिएर हामीलाई पर्खिरहेका थिए! हामी तुरुन्तै गाडी चढ्यौं रहोटलतिर लाग्यौं। म नेपालका गल्लीहरू, कारहरू, मोटरसाइकलहरू र पुराना भवनहरू 👀 देखेर आश्चर्यचकित भएँ। धुलाम्मे मौसमले भवनको बाहिरीभाग अलि फोहोर देखिन्थ्यो र म भत्किएला कि भनी डराएको थिएँ …. |
सायद वर्षको अन्त भएकोले सडकमा भीडभाड थियो। एयरपोर्टबाट होटलसम्म पुग्न ४० मिनेटभन्दा बढी समय लाग्यो, करिब ८ किलोमिटरको 🚙💦दूरी । चेक इन गरेपछि हामी होटलको माथिल्लो तल्लामा रहेको एउटा रेस्टुरेन्टमा गयौं र पहिलो नेपाली डिनर खायौं ।


जापानी दृष्टिकोणबाट, यो”करीजस्तो 🍛 लाग्यो तर शुहेले भने, ‘नेपालमा करी भनेको करी होइन । नेपालको मुख्य भोजन “दाल भात तरकारी” नामक परिकार हो।

यो कार्बोहाइड्रेट-केन्द्रित भोजन निश्चित रूपमा क्यालोरीमा उच्च छ 🐷। नेपालीहरू वर्षमा लगभग ३६५ दिन यस प्रकारको खाना खान्छन्, जबसम्मउनीहरू रेस्टुरेन्टमा जाँदैनन् वा मैले सुनेको छु कि तरकारी र मासुको प्रकार चाहिं दैनिक परिवर्तन हुन्छ। हामी खाँदै गर्दा र एकअर्काको दैनिकक्रियाकलापको बारेमा कुरा गर्दै गर्दा, हामीलाई केही स्थानीय मानिसहरूले ☺ सम्पर्क गरे| तिनीहरूले भने:
“म जापानमा काम गर्थें!”
“मलाई टोकियो मनपर्छ!”
“म जापानलाई माया गर्छु!” नेपाली जनताको मित्रवत व्यवहार मैले कल्पना 🌟

गरेजस्तै थियो । खाना खाएपछि हामी आफ्नो सामान मिलाऊन आफ्नो कोठामा फर्कियौं। त्यो रात नयाँ वर्षको पूर्वसंध्या हो भन्ने बिर्सेकी थिएँ रकाउन्टडाउन केहि घण्टाभित्र हुन गइरहेको थियो! हामीले काउन्टडाउनको लागि बाहिर जाने निर्णय गऱ्यौं 🕛 जब हामी बाहिर गयौं, त्यहाँ धेरैमानिसहरू थिए।


हामी अघि बढ्दै जाँदा एकपछि अर्को गर्दै मानिसहरूको ओइरो लाग्न थाल्यो। हामी त्यहाँबाट बाहिर निस्कने ठूलो हतारोमा थियौं किनभने यो डरलाग्दोथियो र हामीलाई हेलोवीनमा 💦 कोरियामा भएको हालैको दुर्घटनाको सम्झना भयो र मचाहिं कोरोना संक्रमणको जोखिमको बारेमा चिन्तित थिएँ।हामीले नयाँ वर्षको आतिशबाजीको फोटो खिच्यौं र तुरुन्तै भीडबाट भाग्यौं। त्यसपछि हामी होटलमा गयौं र राहतको😅 सास फेर्यौं।
यसरी नेपालमा हाम्रो पहिलो दिनको अन्त भयो।
क्रमश……..