MENU

आफ्नो लक्ष्यमा अगाडि बढौं

目次

आफ्नो लक्ष्यमा अगाडि बढौं

नमस्कार, म बिनिता डि.सि. नेपालगञ्जबाट | मेरो परिवारमा आमा-बुवा हुनुहुन्न, त्यसैले म अंकल-आन्टी र दिदी-भाइसँग बस्छु । अहिले म बाग्लुंगस्थित ‘धौलागिरी बहिरा आवासीय विद्द्यालय’मा डिप्लोमा इन कम्यूटर इन्जिनियरिङको दोस्रो सेमेष्टरमा अध्यनरत छु। म पहिला सुन्न सक्ने थिएँ तर १४ बर्षको उमेरमा मेरो कानको अपरेसन बिग्रिएपछि नसुन्ने भएँ । मेरो परिवारले गरिब भएपनि मलाई धेरै माया र सहयोग गरेकोले म यहाँसम्म आइपुगेकी छु | पढाइ सकिएपछि भविष्यमा राम्रो जागिर गर्ने इच्छा छ अनि त्यस्तै मौका पाएँ भने बहिरा-अपांगता क्षेत्रमा पनि सहयोग गर्ने इच्छा छ।

म बहिरा भएपछि धेरै समस्या भोग्नुपर्यो, बिशेषगरि साथीहरु र बाहिरी मानिसहरुसँग संचार गर्न गाह्रो हुन्थ्यो र त्यसैले आफ्नो मनको कुरा निर्धक्कसँग राख्न सक्दिनथेँ। तर बहिरा भएपनि भविष्यमा इन्जिनियरिङसम्बन्धि काम गर्दै सुन्नेहरुसँग नै हातेमालो गर्दै अगाडि बढ्ने इच्छा छ । मैले इन्जिनियर बन्ने लक्ष्य लिएको छु र इन्जिनियरिङ पूरा गर्न र निरन्तरता दिन कोसिस गरिरहेको छु। अनि पढाइको सिलसिलामा आफ्ना कुरा भन्दै आफूले भोगेका समस्या समाधान गर्दै अगाडि बढ्ने अठोट लिएको छु।

सुरुमा मलाई इन्जिनियरिङ् पढ्न आउने बेलामा पढ्न सक्छु भन्ने आत्मविश्वास थिएन तैपनि सकिएला नी भनी पढ्न सुरु गरेँ । अनि म पढ्ने ठाँउमा शिक्षक र दोभाषेको व्यवस्था पनि भएकोले मैले बिस्तारै-बिस्तारै कोसिस गर्दै गएँ | आफ्नै मिहेनतको साथसाथै सर र साथीहरुसँग सर-सल्लाह गर्दै जाँदा अहिले मलाई सजिलो हुँदै गएको छ।

सफलता भन्ने कुरा मान्छेले एकैपटकमा पाउने होइन बरु पटकपटक कोसिस गरेर मात्र पाउन सक्छ । त्यसैले  आफ्नो जस्तोसुकै कमजोरी भएपनि केलाएर आफू के हो र कस्तो हो विचार गरेर हेरी अगाडि बढ्न कोसिस गरिरहनुपर्छ | पहिले-पहिले म पनि आफूलाई कमजोर छु भन्ने ठान्थें अनि केही पनि गर्न सक्दिन जस्तो लाग्थ्यो|  तर पछि अभिभावक तथा शिक्षकहरुको हौसला, प्रेरणा र आँट पाएँ जसले गर्दा बहिरा भएपनि मैले गर्न सक्छु भन्ने साहस पाएँ |

यहाँ कलेजमा मजस्तै धेरै दाजूभाइ तथा दिदी-बहिनी हुनुहुन्छ अनि उहाँहरु पनि आफ्नो लक्ष्यप्रप्तिका लागि अघि बढिरहनु भएको छ। म यो मेरो छोंटो कथाबाट सबै बहिरा तथा अपांगता भएका व्यक्तिलाई यो भन्न चाहन्छु कि जस्तोसुकै अपाङ्गता भएपनि केही गर्न सकिन्छ भन्ने अठोट लिएर आत्मविश्वासका साथ अगाडि बढौं । किनकी कोसिस गर्न हो भने एकदिन अवश्य सफल भइन्छ |

तपाईको कानमा समस्या भएपनि यस्तो गर्न सक्दिन भन्ने कसैले पनि नसोची अगाडि बढ्नुहोला। तपाईले आफ्नो क्षमतालाई कम नसम्झनुहोला र हार नमानी सधैँ कोसिस गर्नुहोला | म यही भन्न चाहान्छु, धन्यवाद।

Nepali Sign Language

この記事が気に入ったら
フォローしてね!

皆さんの友達にも届きますように。Please Share!!
  • URLをコピーしました!

Comment

コメントする

目次