Why we founded
विश्व स्वास्थ्य संगठनअनुसार विश्वमा जन्मजात वा पछि बहिरा भएका र सुस्त-श्रवण हरुको संख्या झन्डै ५० करोड छ जुन ६% को दर हो । खासगरी, जापानमा कुनै पनि संचार-माध्यम वा स्कूल-तहदेखि नै बहिरोपनबारे जान्ने अवसरहरू ज्यादै कम छन् । यस्ता अपर्याप्त अवसरका कारण यस्तो अप्रिय वातावरण सिर्जना भएको छ कि जहाँ उनीहरुलाई घुलमिल हुन कठिनाइ भइरहेको छ । मेरो विचारमा, त्यस्तो अवस्था तब हुन्छ, जब तपाई कुनै बहिरा व्याक्तिनजिक पर्नुहुन्छ । त्यतिबेला, पक्कै पनि तपाइलाई असजिलो अनुभव हुन्छ किनकि तपाई आफ्नो इच्छानुसार तिनीसित घुलमिल हुन सक्नुहुन्न ।
मेरॊ एउटा कानले सुन्न छोड्यो जसबारे म पहिले-पहिले त्यति खुलेर कुरा गर्न रुचाउन्नथें । त्यसको प्रमुख कारण म हुर्किएकॊ वातावरण थियो जहाँ अपन्गतालाई हास्यास्पद ठानिन्छ र त्यही कारण म चाहेर पनि आफ्नो कमजोरी व्यक्त गर्न सक्दिनथें । स्कूल पढ्दाखेरिको ती समयलाई म सम्झन्छु, त्यतिबेला म आफूले सुन्न नसकेपनि वा नबुझेपनि त्यत्तिकै हाँसिदिन्थें अनि कुनैबेला चाहिं मैले साथीहरुलाई बेवास्ता गरें भन्ने गुनासो आउँथ्यो तर त्यो मैले सुन्न नसकेर भएको हो भन्ने उनीहरुलाई थाहा थिएन । म धेरै दुखी भएँथें तर एकदिन मैले दह्रो मन गरी साथीहरुलाई आफ्नो मर्का भनें। उनीहरुको प्रतिक्रिया न्यानो पाएँ किनकि उनीहरु मेरो मर्काप्रति छक्क मात्र परेनन् बरु आफूले सक्दो सहयोग पनि गर्ने बताए अनि म खुशी भएँ । यसरी मैले सजिलो गरी आफ्नो समस्या अरुलाई व्यक्त गर्न र बुझाउनमा अनुभव बटुलें ।
भविष्यमा बहिरा तथा सुस्त-श्रवणको संख्या बढ्ने अनुमान गरिएको छ । यहाँ म तपाईहरुलाई के भन्न चाहन्छु भने उनीहरु पनि यही समाजका हिस्सा हुन् जो एक-अर्कालाई सहयोग गर्दै संगसंगै मुस्कुराउने संसार सिर्जना गर्न चाहन्छन् । त्यसैले यो ‘डेफ शिरु’ भन्ने संस्थाको स्थापना गरिएको हो । यहाँ हामीले उनीहरुका आत्म-कथाहरु विभिन्न भाषामा उपलब्ध गराउनेछौं अनि उनीहरुसित सिक्ने र अन्तरक्रिया गर्न कार्यशालाको अवसर पनि प्रदान गर्नेछौं ।