MENU

फुरुया युसुके

続きを読む

फुरुया युसुके🇯🇵🇳🇵
रुचि: व्यायाम, रग्बी, क्यामेरा र अध्ययन 


नमस्ते, म जापानको कानागावास्थित फुजिसावाबाट | मैले विश्वविद्द्यालयबाट शिक्षा संकायतर्फ स्नातकोत्तर गरें र दीक्षित भएपछि एउटा सरकारी बहिरा स्कूलमा काम गरें | त्यो नै मेरो जापानी सांकेतिक भाषामा कुरा गर्नेहरुसितको पहिलो जम्काभेट थियो | मलाई यो भाषामा पोख्त हुन लामै समय लाग्यो | तर विडम्बना, म त्यहाँ स्थायी कर्मचारी नभएकोले एक वर्षपछि मैले त्यो स्कूल छोड्नुपर्यो |

त्यसपछि म नेपाल भ्रमणमा निस्कें | यो सन् २०१७ सालको कुरा हो र काठमाडौँमा एकदिन म जुडो खेल हेर्न गएँ | त्यहाँ मैले मेरो सीटछेउमा बहिरा बाल-बालिकालाई बसेका देखें | उनीहरुले नेपाली सांकेतिक भाषामा कुरा गर्दै थिए र यो जापानी सांकेतिक भाषाभन्दा बिल्कुलै फरक भएकोले मैले बुझ्न र बोल्न पनि सकिनँ | त्यहाँ मैले एकजना अनुवादक भेटें र उनलाई ‘नेपाली सांकेतिक भाषा कहाँ सिक्न सकिन्छ ?’ भनी सोधें अनि उनकै सुझावनुसार म एउटा स्कूलमा ६ महिना  भाषा सिक्न गएँ | 

विगतमा जापानी बहिरा स्कूलमा पढाएको अनुभवका कारण मलाई नेपाली बहिरा समुदायबीच पनि काम गर्ने प्रेरणा मिलेको छ | मलाई लेखन र पठनमा रुचि भएकोले म यहाँ डेफ-शिरुमा लेखन र सम्पादनसमेत गर्छु |