MENU

सुनिता थापा🇳🇵

続きを読む

सुनिता थापा🇳🇵
बहिरा : अनुवाद गर्ने, कार्यशाला चलाउने


नमस्कार, मेरो नाम सुनिता थापा हो | म स्याङ्जा, नेपालकी एउटी बहिरोपन भएकी व्यक्ति हुँ | म बहिरा तथा अरु किसिमका अपांगता भएका व्याज्तिहरुको भलाइ तथा अधिकारको निम्ति काम गर्छु | म जापानमा दिइने ‘डस्किन लिडरसिप’ भन्ने तालिममा नेपालबाट छानिएकी थिएँ | यो तालिम १० महिनाको अवधिभर हरेक वर्ष एसियाबाट एकजना अपांगता भएको व्यक्तिलाई प्रदान गरिन्छ | 

नेपाल फर्केपछि, मैले सम्बन्धित क्षेत्रमा विशेषगरि मेरो गाउँ समेटिएको गण्डकी क्षेत्रमा काम गर्दै आएकी छु | म यस डेफ-शिरु प्रोजेक्टमा पनि आबद्ध हुन पाउँदा ज्यादै खुशी छु | यहाँ म लिखित कथाहरुलाई नेपाली सांकेतिक भाषामा भिडियोमा अनुवाद गर्छु | यस अवसरको लागि म मेरा मित्र शुहेईज्युलाई धन्यवाद दिन चाहन्छु जसले मलाई बहिरा व्यक्तिहरुका कथालाई बनाउन र संसारभरी शेयर गर्न हौसला दिए | म आफै पनि बहिरा भएकोले मलाई बहिरा हुँदाको समस्याबारे राम्रो थाहा छ |मैले १२ वर्षको उमेरमा टाइफाइडका कारण श्रवण क्षमता गुमाएँ जसले गर्दा मलाई अध्ययनमा धेरै गाह्रो भयो | साथीहरुसँग बोल्न पनि मलाई गाह्रो थियो अनि त्यतिबेला मलाई बहिराको निम्ति छुट्टै स्कूल हुन्छ भन्ने कुरा पनि थाहा थिएन किनकि मेरो गाउँ दुर्गम क्षेत्रमा पर्छ | जेहोस्, म आफैंले संघर्ष गरें र गाउँकै स्कुलबाट एसएलसी पास गरें |  

त्यसपछि, म पोखराको एउटा बहिरा स्कूलमा पढ्न थालें र त्यहीं १२ कक्षा पास गरें | स्नातक तहचाहिं काठमाडौँमा सुरु गरें तर मैले त्यसलाई पूरा गर्न सकिनँ किनकि त्यहाँ मलाई चाहिने सांकेतिक भाषा अनुवादक थिएन | जेहोस्, म यो डेफ-शिरु प्रोजेक्टमा सहयोगी हात बढाउन पाउँदा ज्यादै खुशी छु र यहाँ भविष्यमा पनि मेरो साथ र सहयोग सधै रहनेछ |