MENU

Aruna Chhantyal🇳🇵

続きを読む

Aruna Chhantyal🇳🇵
Hobbies: reading, writing, translating


नमस्ते, म अरुना छन्त्याल काठमाडौँ, नेपालबाट | मेरो परिचय यहाँ छ है त;

सर्वप्रथम, ‘डेफ-शिरु’ अपांगतासित सम्बन्धित रहेकोले म पनि पहिले आफ्नै अपांगताबारे भन्न चाहन्छु | यस सम्बन्धमा भन्दा म आफूलाई अल-राउण्डर भन्न रुचाउँछु  | भन्नाले म क्रिकेटको अल-राउण्डरचाहिं होइन तर अपांगताको हुँ किनकि म बहु-अपांगता भएको व्यक्ति हुँ | पहिलो कुरा, म दृष्टिविहीनहरुको पीडा बुझ्छु किनकि मेरा आफ्नै आँखा ज्यादै कमजोर छन् र म पावरवाला चस्मा लगाएर मात्र राम्ररी देख्न सक्छु | दोस्रो कुरा, म पक्षघातीहरुका पीडा पनि बुझ्छु किनकि म आफै मस्कुलर डिस्ट्रफीका कारण व्हिल्चियर प्रयोगकर्ता हुँ | अन्तमा म बहिराहरुको पीडा पनि बुझ्छु किनकि म आफै सुस्त-श्रवण छु तर मैले श्रवण-यन्त्र लगाउन मिल्दैन |

मेरा आँखा, कान, हात र खुट सबै स्कूले दिनहरुमा नै कमजोर हुँदै आए | म मेधावी विद्द्यार्थीहरुमध्ये एक भएकीले मैले अपांगताका बावजुद पनि उच्च-शिक्षा हासिल गर्न संघर्ष गरें | त्यतीबेला, म व्हिल्चियरमा बस्दिनथें बरु म सकी-नसकी भएपनि आफ्नो बाबाको हात समातेर कलेज जान्थें | मैले घरै बसी स्वा-अध्ययन गरी परीक्षा दिंदा मात्र बाहिर निस्केर स्नातक तह पूरा गर्ने विचार गरेकी थिएँ तर दोस्रो वर्षको अन्तिम परीक्षाको दिन मेरो कमजोर खुट्टा नराम्ररी मर्क्यो जसले गर्दा म पूरै एक हप्तासम्म थलिएँ | त्यो घटनाले मलाई ज्यादै निराश बनायो र नचाहँदा-नचाहँदै मैले उच्च-शिक्षामा पूर्णविराम लगाइदिएँ |

विगतमा, म ज्ज्यदै हीनताबोधले रास्ता थिएँ र म सधैं निराश, दुःखी थिएँ अनि जहिल्यै बच्चाजस्तै रुन्थें | तर जब म एउटा अपांग आश्रम गएँ र त्यहाँ आफूभन्दा पनि साह्रो अपांगहरुलाई मुस्कुराइरहेको देखें, तब मेरो मनको अँध्यारो हट्यो | मैले आफ्नो अपांगतालाई सहर्ष स्वीकारें अनि म पनि केही गर्न सक्छु बनी सोंच्न थालें | फलस्वरूप, म स्वाअध्ययन र लेखनमा गहिरिएँ अनि अमेजन्म आफ्नै पुस्तकहरु प्रकाशित गर्न सफल भएँ र आज म धेरथोर लेखक भनेर चिनिन्छु | आज म स्विकार्छु कि मैले आफूलाई एक्लो र असक्षम सोंच्नु सरासर मुर्खता रहेछ | शुहेई भाइलाई मैले युट्युब र फेसबुकमार्फत चिनेकी हुँ | उहाँले मेरो अंग्रेजी क्षमतालाई देख्नुभयो र त्यसैले म यहाँ अनुवादकको रुपमा उहाँसँगै काम गर्दैछु | म सधैं अपांगतासम्बन्धि क्षेत्रमा अवसरको खोजीमा थिएँ तर बहु-अपांगताका कारण पाउन सकेकी थिइनँ तर शुहेई भाइलाई चिनेपछि चाहिं नयाँ आशा र नयाँ उत्साह जागेको छ | आगामी दिनमा ‘डेफ-शिरु’’लाई