MENU

उमी🇯🇵

उमी🇯🇵
रुचि: एयरपोर्ट भ्रमण, पावरपोइन्ट, भिडियोमुनि सबटाइटल राख्ने, खाना पकाउने, यात्रा-भ्रमण


नमस्ते म उमी, कानागावा, जापानबाट | म सुन्न सक्ने व्यक्ति हुँ र मलाई बहिरोपन, सुस्त-श्रवणलगायत एअरपोर्ट तथा कलेज-क्याम्पसहरुमा अवरोधमुक्त ढाँचाप्रति अभिरुचि छ |

कुनै खास कारणबिना नै म विश्वविद्द्यालयमा नोट लेखिदिने स्वयंसेवक भई खटें जसले गर्दा मैले धेरै बहिरा तथा सुस्त-श्रवण भएका व्यक्तिहरुलाई भेटें जो अचेल मेरा विशेष मित्र हुन् | यही अनुभवले मलाई जापानी सांकेतिक भाषा सिक्ने हौसला पनि दियो |

अर्को कुरा, मलाई चर्को स्वर वा हल्ला मनपर्दैन | त्यसैले म कानमा इयरप्लग वा इयरमफ लगाउँछु ताकि वरिपरिको कोलाहलले मलाई डिस्टर्ब गर्न नसकोस् |

भविष्यमा पुलिस अफिसर बन्ने मेरो सपना छ र साथै एउटा योग्य सांकेतिक भाषा अनुवादक बन्ने धोको पनि छ |