MENU

माकिको यामामोतो (माक्को)🇯🇵

माकिको यामामोतो (माक्को)🇯🇵
रुचि: भलिबल खेल्ने, एकिडन म्याराथन-रिले हेर्ने र अरुलाई अन्तर्क्रियामा मद्दत गर्ने |


नमस्कार, म माकिको यामामोतो उर्फ ​​माक्को-सान, क्योतांगो, उत्तरी क्योटो, जापानबाट। सेन्सोरिन्युरल बहिरोपनको कारणले मेरो श्रवण क्षमतामा गडबडी छ र त्यसैले म बहिरा हुँ।

मैले स्थानीय विद्यालयबाट सामान्य शिक्षा आर्जन गरें र विश्वविद्यालयमा प्रवेश गरेपछि सांकेतिक भाषा सिक्न थालें। विश्वविद्यालयबाट डिग्री गरेपछि मैले जापानी बहिरा संघको सहायक कम्पनीमा युवा समिति-सदस्यको रूपमा आफ्नो क्यारियर शुरू गरें। अचेल म आफ्नो रुचिअनुसार स्थानीय समुदायमा एउटा भलिबल क्लबको प्रबन्धक छु। म क्लबमा मानिसहरूलाई सांकेतिक भाषाबारे बताउँछु र उनीहरुले यसमा रुचि राखेको चाहन्छु।

विगतमा म एकपल्ट फिनल्याण्डमा अध्ययन गर्न गएको थिएँ जो एउटा अन्तर्राष्ट्रिय संघमार्फत बहिरा महासंघका मानिसहरूसँग थियो। मैले धेरै ठाउँमा (जस्तै विश्व बहिरा संघ, फिनल्यान्ड बहिरा संघ तथा अरु देशका बहिरा संघहरू)मा प्रशिक्षण पाएँ, अनुसन्धान गर्न पाएँ र अन्तर्वार्ता पनि दिएँ |

जापान फर्किएपछि, म वैदेशिक-अध्ययनसँग सम्बन्धित एउटा टिभी कार्यक्रममा सामेल भएँ जसले मलाई जापानीमा “मेडेकिकुटेरेबी” भनिने अर्को टिभी कार्यक्रमको संचालकको रूपमा काम गर्ने अवसर मिल्यो। यो कार्यक्रम श्रवण गडबडी भएका व्यक्तिहरूको लागि हो। यसका साथसाथै मैले क्योटो विश्वविद्यालयले प्रदान गरेको अवसरअन्तर्गत एसिया र अफ्रिकाजस्ता मुलुकहरूमा स्वेच्छाले अध्ययन गर्ने मानिसहरूसँग काम गर्ने कार्यक्रम पनि पूरा गरे | अचेल, म शिक्षा सुधार परियोजनामा ​​काम गरेर अन्तर्राष्ट्रिय संघ-संगठनमा योगदान दिने प्रयास गर्छु |

मेरा भनाइहरु:
・भेटेर रमाइलो गर्न, ज्ञान कमाउन र आनन्दित हुनको लागि जो कसैलाई पनि म सहयोग गर्नेछु ।
・यदि कसैले विगतमा प्रयास गरेको छैन भने, त्यो गर्ने म पहिलो हुनेछु।
・हाम्रो सम्भावनालाई कसैले रोक्न सक्दैन!

म सँधै श्रवण गडबडी र सांकेतिक भाषासम्बन्धि प्रचार गर्न चाहन्थें अनि कुनैपनि अन्तर्राष्ट्रिय संगठनसित काम गर्ने इच्छा पनि थियो। यसै बीचमा मैले डेफ-शिरूकी सदस्य सुनितामार्फतसंस्थापक शुहे-सानलाई चिने । थप भन्नुपर्दा, म गरिब देशका विपन्न बच्चाहरूको भलाइका लागि काम गर्न चाहन्छु। त्यसैले मलाई लाग्छ डेफ-शिरूको गतिविधिहरू मेरो सपनासँग सम्बन्धित छन् जसको परिणाम स्वरूप नै म पनि यहाँ आबद्ध भई सदस्यता लिएकी हुँ, धन्यवाद !