MENU

हिरोशी वाटाबिकी

हिरोशी वाटाबिकी🇯🇵
Hobbies:Burgers, Beer, Used clothes, Skateboarding, Surfing, Making people laugh


नमस्ते, म हिरोशी वाटाबिकी जापानबाट | मेरो जन्म टोकियोमा भएको हो र म हाल चिबा सहरमा बस्छु | म वंशानुगत रुपमा बहिरा हुँ र मलगायत मेरा अभिभावक र भाइबहिनी पनि सबै बहिरा छन् | यसैकारण, समाजमा मेरो परिवार ‘एउटा बहिरा परिवार’ को रुपमा चिनिन्छ |

मैले शिशु कक्षादेखि उच्च माध्यमिक तहसम्मै प्राय: बाहिरका सामान्य व्यक्तिहरुसँग (उनीहरुका ओंठको चाल पढेर र आफूले पनि आवाजविहीन नै ओंठ चलाएर) ‘सामान्य जापानी भाषा’ नै प्रयोग गरें भने घरभित्र चाहिं सांकेतिक भाषा प्रयोग गरें | म बाहिर सार्वजनिक स्थलहरुमा सांकेतिक भाषा प्रयोग गर्न अलि लाज मान्थें अनि सामाजिक दृष्टिकोणबाट हेर्दा पनि सांकेतिक भाषा प्रयोग गरी काम गर्न सकिन्छजस्तो मलाई लागेन, त्यसैले म सामान्य जापानी नै बढी प्रयोग गर्थें |

म कलेजमा दोस्रो वर्षमा अध्ययनरत हुँदा एउटा ‘साइन विद् मी’ भन्ने कार्यशाला भेटें जसले मेरो जीवन नै परिवर्तन गरिदियो | यसको प्रमुख नियम औपचारिक रुपमा सांकेतिक भाषा मात्र प्रयोग गर्ने थियो | म सुरुमा असमन्जसमा परें किनकि सांकेतिक भाषा मात्र प्रयोग गरी काम गर्न सकिंदैन होला भन्ने मेरो सोंचाई थियो | तर जब म साँच्चिकै त्यहाँ जान थालें, त्यहाँका हाकिमले मलाई यो पनि सम्भव छ भनेर देखाइदिए | यही अनुभवका कारण, मैले जहाँ भएपनि सांकेतिक भाषाकै प्रयोग गर्न थाले र यसैले गर्दा मैले आफूलाई पहिलेभन्दा धेरै खुशी पाएँ | यही नै मेरो जीवनको सहि मार्ग हो भन्ने मलाई लाग्यो किनकि यसैले मलाई वास्तविक रुपमा ‘म’ बन्न सहायता गर्यो |

मेरो विचारमा, सामाजिक जमघटमा सबैले सांकेतिक भाषाको रमाइलो शेयर र अनुभव दुवै गर्न सके धेरै राम्रो हुने थियो | धन्यवाद !